कोसी ब्यारेजमा पानिको बहाव उच्च, ४२ ढोका खोलियो।
३ कार्तिक २०७८, काठमाडौं।
सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै ब्यारेजमा खतराको संकेत दिने रातो बत्ती बालिएको छ। निरन्तरको २-३ दिनक वर्षापछि सप्तकोसीमा पानीको बहाव उच्च भएपछि रातो बत्ती बालिएको हो ।
बुधबार बिहान करिब दुई लाख ६१ हजार क्युसेक पानीको बहाव मापन गरिएको कन्ट्रोल टावरले जनाएको छ । कोसी ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् ।
स्थानीय प्रशासनले नदी तटीय क्षेत्र र आसपासका क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन सूचित गरेको छ अहिले प्रदेश नम्बर १ का पहाडी र तराई क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । हालसम्म कुनै मानविय क्षति नभएको प्रसाशनले जनकारी दिएका छन्।