प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उपभोक्ता अदालतको उद्घाटन गरेका छन् । शनिबार विश्व उपभोक्ता दिवसका अवसरमा प्रधानन्यायाधीश राउतले उपभोक्ता अदालतको उद्घाटन गरेका हुन्
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा ‘स्वच्छ र प्रतिस्पर्धी बजारः उपभोक्ता संरक्षणको दिगो आधार’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । उद्घाटनका क्रममा बोल्दै प्रधान न्यायाधीश राउतले गुणस्तरीय वस्तु तथा सेवा गुणस्तरको मानकका लागि उपयुक्त भएको बताए ।
‘एकातिर खुला बजार र प्रतिस्पर्धी अर्थतन्त्रको अवस्था छ ।अर्कोतिर गुणस्तर हिन वस्तु तथा बिक्री वितरण बढ्दो छ,’ उनले भने– ‘जसका कारण थुप्रै उपभोक्ता पीडित हुन परेको छ। गुणस्तरीय वस्तु तथा सेवामा पीडित उपभोक्ताको न्यायिक निरुपण हुनेछ । मेडिकल नेग्लिजेन्स देखि इन्जिनियरिङसम्मका मुद्दा यस अदालतका विषय रहनेछन् ।



