नेकपा (एकीकृत समाजवादी)का सांसद गोमादेवी तिमिल्सिनाले वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको आरोप लगाएकी छन् । आइतबार (फागुन १८) राष्ट्रियसभा बैठकमा उनले यस्तो आरोप लगाएकी हुन् ।

उनले जनताले बचत गरेको रकम सहकारी संस्थाले हिनामिना गरेर बिचल्लीमा पारेको बताइन् । उनले भनिन्, “आफ्नो जीवन धान्नको लागि वृद्धवृद्धाले एकएक गरी बचत गरेको रकम एकपछि अर्को सहकारीले तहसनहस बनाएको छ ।”

राजनीतिक पार्टीहरू नसम्हालिँदा दलका नेता र कार्यकर्ता नै सहकारी ठगीमा संलग्न रहेको उनले उल्लेख गरिन् । “आज आआफ्नो ठाउँमा आफ्ना कार्यकर्तालाई सम्हाल्न नसक्दाखेरि विभिन्न दलका नेता र कार्यकर्ताहरू नै सहकारीमा मुछिएका छन्,” उनले भनिन् ।

उनले ‘सहकारीपीडितलाई न्याय कहिले दिने ?’ भन्दै सरकारलाई प्रश्न समेत गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय