दमौलीमा लागेको आगो हेलिकोप्टरबाट पानी खन्याएर निभाइँदै।
२२ फाल्गुन २०७८, काठमाडौं।
तनहुँको दमौली बजारस्थित भुपाल हार्डवेयरमा लागेको आगो निभाउन काठमाडौंबाट सिम्रिक एअरको हेलिकोप्टर पठाइएको छ। आज बिहान करिब १० बजेदेखि ब्यास नगरपालिका ४ स्थित हार्डवेयरमा लागेको आगो अझै नियन्त्रणमा लिन सकिएको छैन। बिजुली सर्ट भएर आगो लागेको अनुमान छ।
तनहुँका सांसदसमेत रहेका श्रममन्त्री कृष्णकुमार श्रेष्ठ किसान हेलिकोप्टर लिएर आगो निभाउन पुगेका छन्। मन्त्री श्रेष्ठ हेलिकोप्टरले पानी उभ्याउने ठाउँ मादी किनारमा बसेका छन्। बाटो साँघुरो हुँदा दमकल आगलागी भएको ठाउँसम्म पुग्न समय लागेको थियो। दमकल पनि पोखराबाट मगाइएको थियो। आगलागीबाट मानवीय क्षति भएको छैन तर हार्डवेयरमा रहेका सामानहरू जलेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा