अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल मार्फत कुराकानी गरेका छन् ।
शुक्रबार साँझ प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत सामाजिक सञ्जाल एक्सका मालिक समेत रहेका मस्कसँग कुराकानी गरेका हुन् । यद्यपि, के विषयमा कुराकानी भएको थियो भन्ने विषय खुलाइएको छैन ।
स्पेश एक्स कम्पनीका मालिक समेत रहेका मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाइरहेका छन् । अमेरिकामा हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई अमेरिकाको डिपार्टमेन्ट अफ गर्भर्मेन्ट एफिसियन्सीमा नियुक्त गर्ने घोषणा गरिसकेका छन् ।
मस्कले ट्रम्पलाई राष्ट्रपतिमा दोस्रोपल्ट निर्वाचित गराउन विशेष भूमिका खेलेका थिए। यही भूमिकाका कारण उनलाई ‘किङमेकरु’ भनेर समेत भन्न थालिएको छ।



