साफ महिला च्याम्पियनसिप अन्तर्गत आज साँझ हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला जाने भएका छन् । १२ औँ साफको फाइनल खेलमा बुधबार साँझ साढे ६ बजेदेखि सुरु हुँदैछ।
साफकाे फाइनलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। साफको फाइनल फुटबल खेल अवलोकन तथा पुरस्कार वितरणका लागि प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।