आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ लाख ६६ हजार रुपैयाँ रहेको सुन आज १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २०७० रुपैयाँ रहेको चाँदी आज २०८५ रुपैयाँ पुगेको छ ।
यसअघि चाँदीको मूल्यले कात्तिक ७ गते २१३५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।
