सप्तरीको गजेन्द्रनारायण सिंह अस्पातलमा ल्याब सेवा ठप्प
नवीन कुमार यादव सप्तरी असोज -३१
सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चरम लपरबाहीको कारनले करिब एक हप्ता देखी प्याथोलोजीको मेसिनहरू बिग्रिएर सेवा सुविधा ठप्प भएको छ ।
अस्पतालमा करीब एक हप्ता देखि प्याथोलोजीको मेसिनहरू बिग्रिए पछि , अति बिपन , गरिब परिवारहरूले सो सेवा लिनबाट बन्चित भएको राजविराज नगरपालिका वाड न ९ को रमैश यादवले बताउनु भएको छ। रमैश यादवले आफ्नो छोरी पुजा कुमारी यादवलाई झाडापखालाको समशिया लिएर गत २९ गते सोही अस्पतालको ईमेरजेन्सी कक्षमा भर्ना गराउनु भएको थियो। डाक्टरको चेक जाच पछि , केहि ल्याब टेस्ट गराउनु पर्छ भने सल्ला दिँदा , सोही अस्पतालमा त्यो ल्याब टेस्ट हुदैन , भन्दै बिरामीको कुरूवाई कतै अन्तै जानु स्वास्थ्य क्रमिहरूले बताउनु भएको थियो।
रमैश यादवले भनु भो हामि चर्को मूल्य तिरेर बाहिरे चेक जाँच गराउँछु भने , यो सरकारी अस्पताल गरिब अति बिपनको लागि समयमा काम काज दिएन भने , के को लागि गजेन्द्र नरायन सिंह अस्पताल भनेर प्रशन्न गर्नु भएको छ ।
उता अस्पतालको सहायक मेसु रंजीत झाले भनु भो , हामी बिदामा बसेको छु । यसको बारेमे हामिलाई केहि जनकारी भएको छैन्। सोहि अस्पतालको एक जना ल्याव क्रमचारी बिनिता झाले बताईन्, एक हप्ता देखि सोडियोम र पोटासियमको मैसिन बिग्रिएको हुनाले यो सेवा ठप्प भएको वताउनु भएकी छिन् ।