काठमाडौँ उपत्यकासहित देशभर वर्षाको सम्भावना।
२१ माघ २०७८,काठमाडौँ ।
पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार काठकाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा र हिमपात भएको छ ।
मौसमी प्रणालीको प्रभाव विस्तारै पश्चिमबाट पूर्वतिर सरेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित पूर्वका जिल्लामा पनि बदली, मेघ गर्जन, चट्याङसहित वर्षा भएको हो । ती प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।
प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भएको छ । उपत्यकामा बिहीबार रातिदेखि वर्षा भएको छ भने भने तराईका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा