प्रधानमन्त्रीको आईटी विज्ञमा दिपेश विष्ट नियुक्त।
१८ माघ २०७८,काठमाडौं।
प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना प्रविधि विज्ञमा इन्जिनियर दिपेश विष्टलाई नियुक्त गरेका छन् ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडन) का पूर्वमहासचिव विष्ट मंगलबार सूचना प्रविधि विज्ञमा नियुक्त भएका हुन् । उनी यसअघि नेपाली कांग्रेस केन्द्रिय सूचना, संचार तथा प्रचार विभागको सदस्य तथा आईटी सेलका प्रमुख थिए ।
इन्जिनियरिङ व्यवस्थापनमा स्नातकोत्तर गरेका विष्टले ग्रामिण विकासमा पनि स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । विगत दुई दशकदेखि सूचना प्रविधिको क्षेत्रमा क्रियाशिल उनी पछिल्लो समय राजनीतिमा प्रविधि जोड्न कांग्रेसभित्र सक्रिय छन् ।
उनले प्रचार विभागमा बसेर कांग्रेसलाई डिजिटाईज गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । पार्टीको १४औं महाधिवेशनमा क्रियाशिल सदस्यतालाई अनलाईनमा राख्ने, पार्टीको एप बनाउने लगायतका काममा भूमिका निर्वाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा