राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दै छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा साँझ ५ बजे बस्ने बैठकमा विभिन्न ४ एजेण्डामा छलफल हुने सचेतक निशा डाँगीले जानकारी दिएकी छिन् ।

संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा, संसदमा प्रस्तुत विधेयकहरूमाथि पार्टीको साझा धारणा बनाउने सम्बन्धमा, पार्टीबाट सरकारमा गएका  मन्त्रीहरूले गरेका कामका सम्बन्धमा र विविध विषयमा छलफल हुने सचेतक डाँगीले जनाएकी छिन् ।

प्रतिनिधिसभामा रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलनको विषयमा कांग्रेसले निरन्तर दबाब बढाउँदै लगेको छ । अबको संसद् बैठकमा लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न कांग्रेसले अल्टिमेटम दिएको छ । प्रतिनिधि सभाको बैठक यही चैत २७ गते बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय