सर्लाहीमा परियोजनामार्फत नै संरक्षण गरिएका वनहरुमा अहिले तस्करको चहलपहल बढेको छ ।

वन कर्मचारीसँगको सेटिङमा यहाँ तस्करले गतिविधि बढेको स्थानीयको आरोप छ ।

यस्ता फडानीका गतिविधि बढ्दा पनि सरोकारवाला निकायले मौन समर्थन जनाइरहेको आरोप समेत स्थानीयको छ ।

सर्लाहीमा ४५ वर्ष पहिलेदेखि सागनाथ वन विकास परिवजना सूरु गरि विभिन्न चरण र तरिकाले वन संरक्षण गरिँदै आएको छ ।

यहाँ सिसौ मसला लगायत छिटो हूर्कने प्रजातिका बिरुवा रोपी काठ उत्पादन बढाउने उद्देश्यले वि.स. २०३५ सालमा सरकारले यो परियोजना सूरु गरेको थियो । परियोजनाले सर्लाही महोत्तरी र रौतहट जिल्लामा करिब १३ हजार ५सय हेक्टर वन क्षेत्र ओगटेको छ ।

विकास समिति ऐन २०१३ मा टेकेर सरकारले २०३३ सालमा वन पैदावार विकाश समिति गठन पनि ग¥यो । २०३५ सालमा साउन ११ गतेको आदेशको पहिलो संशोधन भएपछि वन पैदावार विकाश समिति अन्तर्गत सागरनाथ वन परियोजना स्थापना भएको हो ।

यसरी विभिन्न योजनाबद्ध काम गरि संरक्षण गरिएको वन क्षेत्रमा तस्करिले प्रभाव जमाउन लागेको आरोप स्थानीयले लगाएका हुन् ।

सागरनाथ वन विकास परियोजनाको सागरनाथ, हातीलेद,मुर्तीया जंगलमा अवस्थित परियोजना क्षेत्रमा तस्करहरुले फँडानी गरेको पाइएको छ ।

तस्करहरुले वन कर्मचारीहरुसँग सेटिङ्ग मिलाएर रुख काट्ने र ओसारपसार गर्ने गरिएका प्रशस्तै घटना छन् । तर, आफुमाथि तस्करहरुले हमला गर्नसक्ने डरले सबै चुपचाप जस्ता देखिएका छन् ।

रुख काटेर तयार पारिएका रुखका टून साझ वा रातीको समयमा तस्करहरुले सवारी साधनहरु प्रयोग गरेर चिरानमेलमा बेच्ने गरेको स्थानीयको भनाई छ । यि घटनाबारे स्थानीयले वनका कर्मचारी र परियोजना प्रमुखलाई नभनेका होइनन् । तर, परियोजनाका निमित्त प्रमुखलाइ पटक पटक जानकारी दिएपनि रोक्न नसकेको स्थानियको गुनासो छ ।

वन सुरक्षामा चुकिरहनु भएको छ नि भन्ने प्रश्न गर्दा परियोजनाका निमित्त प्रमुुख भने यस क्षेत्रमा काठ विक्री नभएर थुप्रेको तर, यसको सुरक्षाका लागि गस्ती गर्न गाडीमा डिजेल, पेट्रोलको अभाव भएको भन्दै गैरजिम्मेवार जवाफ दिन्छन् ।

परियोजनाभित्र काठ तस्करी बढ्दै जाँदा निमित्त प्रमुख मौन बस्ने र गस्ती गर्न पेट्रोल अभाव छ भन्ने शैलीलाई कसरी बुझ्ने ? यहाँ परियोजनाकै मान्छेको गहिरो सेटिङमा तस्करी बढाइएको हो भन्ने आधारहरु रहेको स्थानीयको जिकिर छ । वन ऐन, २०७६ मा राष्ट्रिय वन फाँड्ने कसुर गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

तर कानुन पालना गराउने निकाय एवम् व्यक्तिहरु नै कमाउ धन्दाकालागि तस्करहरुसँग सेटिङमा व्यस्त भएपछि वन जोगाउने कसले ? यो गम्भिर अवस्था आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय