महोत्तरी: गौशाला नगरपालिका भित्र रहेको ईलाका प्रशासन कार्यालय विचोलियाले चलाउदै ।

०८ माघ २०७८, नरेन्द्र महतो। महोत्तरी

महोत्तरीको गौशाला नगरपालिका भित्र रहेको ईलाका प्रशासन कार्यालय विचोलिया मार्फत काम भईरहेको खुलाशा भएको छ ।प्रत्येक्ष रुपमा हाम्रो जनकपुर न्यूज डेक्स गणेश कु.सिंह कुशवाहा लगायत सर्व सधारण जनता समेत यो पिडा भोग्दै आई रहेको देखिएको छ ।

राष्ट्रिय परिचयपत्र दर्ताको लागि जुन फार्म कार्यालय बाट मात्रै उपलब्ध हुने त्यो बाहिर प्रति गोटा १०० रुपैया तिरेर बाहिरको पसलेहरुले बच्दै गएको पाईएको छ । हाम्रो जनकपुर न्यूज डेक्स गणेश कु.सिंह कुशवाहा लगायत सर्व सधारण जनताहरु बिहिवार कार्यालय समय १० बजे देखि ५ बजे सम्म पालो नै पर्खे र बस्दा पनि पालो आएनन् । किनभने विचोलियाले पैसा लिएर आफ्नो सेवा ग्राहिहरुलाई फार्म दर्ताको लागि आगाडि नै फार्म दिरहेको पाईएको छ ।

कार्यालयको समय सकिए पछि भोलि ९:३० आउनु भनेर भनेका थिए । त्याँहा ९:३० बजे जाँदा पनि सेवा ग्रहिहरु घण्टौ लाईमा पालो पर्खदै बसिरहेको देखियो । किनभने विचोलिया र इलाका प्रशासन कार्यालयको कर्मचारीहरुको मिलोमतोमा काम भईरहेको देखिएको छ । जुन विचोलियाले सेवा ग्राहिसंग प्रति फार्म १०० लिएर उक्त सेवा ग्राहिको काम छिटो भएका देखिएको छ ।

जब संचारकर्मिको परिचय पत्र देख्न साथ इलाका प्रशासन कार्यालयको नायब सुब्बा संग सोधपुछ गर्दा आफु त्यस बारेमा थाह नै नभएको बताए ।

करिव दिनु २५-३५ ओटा राष्ट्रिय परिचयपत्र अनलाइन मार्फत दर्ता हुदै आईरकेको तर त्यस मध्य आधि फार्म विचोलियाको सेवा ग्राहिहरुको दर्ता प्रक्रियाको लागि अगाडि बढाउने कार्य भइरहेको देखिएको छ ।

उक्त कार्यालयको प्रशासकिय अधिकृत कार्यालयमा उपस्तिथि नरहेको देखिएको छ । नायब सुब्बा संग सोधपुछ गर्दा प्रशासकिय अधिकृत बिरामी भएर उपचार को लागि काठमाडौं गएको बताए ।नायब सुब्बा अनुसार उक्त कार्यमा संलग्न रहेको व्यक्तिहरु लाई पहिचान गरि छिटो कार्वाही हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय