सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सो ऐन संशोधन गर्न लागि बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपालको संविधानको धारा १२४ को उपधारा (१) ले सरकारले संसद अधिवेशन चालु नभएका बेला अध्यादेश ल्याउन सक्ने व्यवस्था गरेको छ । त्यसैअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० राष्ट्रपतिकोमा पठाउने निर्णय भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय