उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ मात्र।
२२ पुष २०७८, काठमाडौँ।
सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ तोकेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गरेर पठाएको लागत मूल्यका आधारमा प्रस्तावित मूल्यसहितको प्रस्तावलाई उद्योग मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा लगेको थियो । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले बुधबार पारित गरेको हो ।
याे पनि
भुक्तानी नदिने ५ चिनी मिलको जग्गा र बैंक खाता रोकिने, उखुकाे मूल्य बुधबार ताेकिने
अझै ताेकिएन उखुको समर्थन मूल्य : ६८० माग्दै किसान, प्रस्ताव तयार गर्दै मन्त्रालय, उद्योगी मौन
उखु किसानले भने प्रतिक्विन्टल ६ सय ८० रुपैयाँसम्मको माग गरेका थिए । कम्तिमा पनि प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ हुनुपर्ने उनीहरुको अडान थियो । तर सरकारले भने ५ सय ९० रुपैयाँ निर्धारण गरेको हो ।
चिनी उद्योगीले भने प्रतिक्विन्टल ५ सय ८० रुपैयाँसम्म दिन सक्ने बताउँदै आएका थिए ।
बिहीबारको सार्वजनिक लेखा समितिले सरकारलाई उखुको भुक्तानी चाँडो दिलाउन र समर्थन मूल्य चाँडो तोक्न समेत निर्देशन दिएको थियो ।
चिनिमिलहरुले किसानलाई अझै करिब पौने ९ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय