सर्लाहीको बागमती नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बिहीबार बिहान बागमती नगरपालिका वडा नम्बर ८ गाजली चोकस्थित बा ३० प ९४०७ र विपरीत दिशाबाट आएको ना ५९ प ५१७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा बा ३० प नम्बरको मोटरसाइकल चालक बागमती नगरपालिका-८ शंकरपुरका ५० वर्षीय गणेश कार्की गम्भीर घाइते भएका थिए । उनको हरिवनस्थित सरस्वती हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

अर्को मोटरसाइकलमा सवार हरिवन नगरपालिका-१ का ३२ वर्षीय मुकेश कुमार साह, उनकी श्रीमती २६ वर्षीया शान्ता कुमारी साह र ३ वर्षीया छोरी प्रिया कुमारी साह घाइते भएका छन् ।

डिएसपी लामिछानेका अनुसार घाइते तीन जनामध्ये  प्रियाको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेको छ । उनीहरुको हरिवनस्थित नमुना अस्पतालमा उपचार भइरहेको छ । मृतक कार्कीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुइ वटै मोटरसाइकल नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी लामिछानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय