जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार।
काठमाडौँ — जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको हो । जापानी सञ्चारमाध्यहरुले गोली लागेका पूर्वप्रधानमन्त्री आबेको शरीरबाट रगत बगेको र उनी ढलेको बताएका छन् । आबेको छातीमा गोली लागेको र उनलाई एम्बुलेन्समा हालेर लगिएको जनाएको छ । घटनास्थलमा रहेका एनएचकेका संवाददाताले यामातो साइदाइजी स्टेसनमा गोलीको आवाज सुनेको बताएका छन् ।नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहेका उनलाई गोली प्रहार भएको हो । स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनलाई गोली प्रहार गरिएको थियो ।

उनलाई गोली प्रहार भए लगत्तै प्राथमिक उपचार गरेर एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो र त्यहाँबाट प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल पुर्‍याइएको थियो । एनएचकेले दिएको जानकारी अनुसार अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी अहिले अचेत छन् । उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।

आबेलाई गोली हान्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । आबे ६७ वर्षका थिए । उनले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
6
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय