शुक्रबारदेखि वीर अस्पतालमा ७ सय जनरल बेड बिरामीलाई निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको कार्यकारी पदाधिकारीको निर्णयले सबै जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।
यसभन्दा अगाडि वीरमा जनलर बेडमा बस्दा प्रतिबेड दुई सय रुपयाँ लिने गरिएको थियो । ‘वीर अस्पताल गरिब र विपन्न वर्गका लागि भरोसाको केन्द्र हो । दुई सय रुपैयाँ तिर्नका लागि उनीहरुलाई सहज हुँदैन’ न्याम्सका रेक्टर डा. लोचन कार्कीले भने, ‘अन्य सेवा विस्तार गरेर भए पनि जनरल बेड निःशुल्क गर्ने निर्णय गरेका हौं ।’



