नेपालमा थप २४ जनामा ‘ओमिक्रोन’ पुष्टि।
२२ पुष २०७८, काठमाण्डौं।
नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस महिनामा ११ सय ४६ पोजेटिभ नमुनाको जिन स्क्रिनिङ गर्दा दुई सय ५० नमुनामा नेगेटिभ जिन स्क्रिनिङ नमुना पोजेटिभ पक्ता लागेको थियो । फेरि ती दुई सय ५० नमुनाको जिन सिक्वेन्सिङ गर्दा २२ प्रतिशत अर्थात् २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि पनि नेपालमा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परिसकेको छ । योसहित नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ २७ जनामा पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय