चुनावको सुरक्षाबारेका प्रश्नहरु पेचिला बन्दै गएका छन् । सरकारले चुनावी सुरक्षा चुस्त पारेको दाबी गरेपनि राजनीतिक दलहरुले विश्वास गर्न सकिरहेका छैनन् । सरकारले चुनाव दुई चरणमा गर्नुपर्नेजस्ता विषयमा सार्वजनिक अभिव्यक्ति दिदा थप संसय बढिरहेको बेला चुनावी सुरक्षा प्रमुख विषय बन्न पुगेको छ ।

मुलुक ताजा जनादेशको संघारमा छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले तयारी तीब्र पार्दा सुरक्षा चुनौतीका विषयमा चनाखो हुनुपर्ने हुन्छ । एकिकृत सुरक्षा योजना २०८२ अनुसार नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, निर्वाचन प्रहरी र राष्ट्रिय अनुसन्धानका विभाग गरी तीन लाख ३८ हजार ८ सय ९० सुरक्षाकर्मी परिचालन हुँदैछन् ।

बुधबार देखि नेपाली सेनाले देशभरमा विमानस्थल र कारगारको सुरक्षा व्यवस्था सुरु गरेको छ । सेनाका प्रमाधिपती राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिइसकेका छन् ।

यसअघि मंसिर ११ को प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को निर्णयले देशभरका १६५ निर्वाचन क्षेत्रमै सेना परिचालन गर्न सिफारिस गरेको थियो । फागुन २१ को चुनावलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन भएसंगै शान्ति सुरक्षामा चुस्तता आउने विश्वास गरिएको हो । निर्वाचनलाई भयरहित ढंगले सम्पन्न गर्न बुधबार देखि ७९ हजार ७ सय २७ सैनिक परिचालन गरिएको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले बताउँछन् ।

कुन सुरक्षा निकायको कस्तो भुमिका ? 

निर्वाचन सुरक्षामा खटिने सुरक्षा निकाय मध्य नेपाल प्रहरी र निवाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले गर्नेछ ।

सशस्त्रले बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्दै निर्वाचन सुरक्षालाई ब्यवस्थित गर्ने रणनीति रहेको छ । नेपाली सेनाले बाहिर अर्थात् तेस्रो घेरमा रहेर सुरक्षा प्रदान गर्नेछ । निर्वाचन सुरक्षामा नेपाल प्रहरीबाट ७५ हजार ४९७, सशस्त्र प्रहरी ३४ हजार ५७६, निर्वाचन प्रहरी एक लाख ४९ हजार ९० तथा राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९२१ जना खटिनेछन् ।

झण्डै साँढे तीन लाख हाराहारी सुरक्षाकर्मी परिचालन हुँदा भब्य रुपमा निर्वाचन हुने विश्वास सरकारको छ ।  उसो त भदौ २३ र २४ को जेनजी आन्दोलनमा प्रहरीबाट खोसिएका हातहतियार र कारगारबाट भागेका कैदीले भने सुरक्षा थ्रेट गर्न आशंका भइरहेका छन् । यहि विषयमा राजनीतिक दलहरुले पनि सरकारले सुरक्षाको प्रत्याभुत गराउनु पर्ने दाबी गर्दै आएका छन् ।

विशेषगरी नेकपा एमालेले सुरक्षाका विषयलाई लिएर चुनाव हुन नसक्ने भनिरहेको हो । तर सुरक्षा निकाय र सरकारका प्रतिनिधि भने तयारी ब्यापक भएकोले समयमै निर्वाचन सम्पन्न गर्न तयार रहेको बताइरहेका छन् ।

उता, प्रधानमन्त्री कार्की र गृहमन्त्री ओम प्रकाश अर्याल भने चुनावको अन्योलताको बारेमा भइरहेको बहस व्यर्थ रहेको बताइरहेका छन् ।

निर्वाचनमा देशभरका १० हजार ९ सय ६७ मतदानस्थल मध्य २ हजार ८ सय ४५ सामान्य, ४४४२ संवेदनशील र ३ हजार ६ सय ८० अतिसंवेदनशील मदतानस्थल रहेका छन् । आवश्यकतको आधारमा सुरक्षा निकायले यी क्षेत्रमा स्पेसल फोर्स पनि पठाउने तयारी गरेका छन् । यस्तै, २३ हजार ११२ मतदान केन्द्रबाट १ करोड ८९ लाख ३ हजार ६८९ मतदाताले मतदान गर्ने विश्वास गरिएको छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय