नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मतदाता नामावलीमा सभापति शेरबहादुर देउवादेखि राष्ट्रपति रामचन्द्र पौडेलको नामसम्म समेटिएको छ ।

चौधौं महाधिवेशनमा कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेकोमा पार्टी छाडेका र मृत्यु भएका १०५ जना घटाएर बाँकी सबै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिएको केन्द्रीय निर्वाचन समितिका प्रमुख सीताराम केसीले जानकारी दिए ।

उनका अनुसार ४६३८ जनाको नामावली प्रकाशन भएको छ ।

अघिल्लो महाधिवेशनका बेला प्रकाशित नामावलीलाई नै विशेष महाधिवेशनको निर्वाचनमा मतदाताको रूपमा समेटिएको हो । नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएको छ ।

महाधिवेशन समितिले निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान र मतगणनादेखि मतपरिणाम घोषणासम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

विशेष महाधिवेशनलाई देउवा पक्षले भने स्वीकार गरेको छैन । nullnull

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय