राष्ट्रियसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी एक्लै निर्वाचनमा होमिएको छ । कांग्रेस–एमालेसहितका दलहरुसंग गठबन्धनको प्रयास गरिएपनि मतभेद कायमै रहेपछि कांग्रेस एमालेले गठबन्धन गरेका छन् भने नेकपाले एक्लै निर्वाचनमा जाने भनेको छ ।

राष्ट्रियसभाको निर्वाचनमा स्थानीय तहका पदाधिकारी र प्रदेसभा सदस्यहरु मतदाता हुने प्रावधान रहेको छ । जसअनुसार राष्ट्रियसभाको चुनावमा कसले जित्ला भन्ने विषय लगभग निश्चित हुने गरेको देखिन्छ । तर, मतदान गर्ने विषय गोप्य रहने कारण समेत कतिपय निर्वाचन परिणामहरु भने अपेक्षित नहुने गरेको देखिन्छ ।

कोशीमा तत्कालीन माओवादी केन्द्र र कांग्रेसले गरेको गठबन्धनमा धोका नै हुन पुग्यो । यस्तो स्थितिका कारण तत्कालीन गठबन्धनबाट राष्ट्रियसभामा आएका कृष्णप्रसाद सिटौलाले अध्यक्ष बन्ने मौका नै पाएनन् । यस्तोमा फेरि कांग्रेस एमालेको गठबन्धनमा महामन्त्री गगन थापाले पोखेको आक्रोश, उम्मेदवार छनोटमा पोखिएको असन्तुष्टी र कांग्रेसको आन्तरिक विवादका कारण पनि नतिजा फेरबदल हुनसक्ने दाबी गर्ने गरिएका छन् । जसमा गगनको आक्रोश यसतर्फ लक्षित देखिन्छ ।

राष्ट्रियसभाको चुनावमा नेकपाले मतभारको आधारमा सिट बाँडफाँट गर्ने प्रस्ताव गरेको थियो । जसमा उसले ४ सिट पाउनुपर्ने दाबीमा टसमस भएन् । सहमतिको आधारमा गर्ने हो भने यसरी जाउँ भन्ने कुरामा कुरा नमिल्दा नेकपा एक्लिएको हो । जसमा नेकपा एक्लैले निर्वाचनको सामना गर्ने देखिन्छ ।

प्रचण्डले गठबन्धन नहुने दाबी गरेपनि अन्तिम क्षणसम्म गठबन्धन हुने अपेक्षा गरिएको थियो । तर, सिट बाँडफाँटमा पुरा नमिल्दा कांग्रेस एमालेसहित लोसपाका अध्यक्ष महन्थ ठाकुर नै उम्मेदवार बनेका छन् ।

ठाकुर उम्मेदवार बनेपनि गठबन्धनमा कुरा नमिलेको भन्दै जसपाले मधेसमा छुट्टै उम्मेदवारी दिएको छ । यसले कांग्रेस एमालेको गठबन्धनबाट मधेस केन्द्रित दल बाहिरिएको छ भने निर्वाचन नतिजा समेत रोचक हुने अपेक्षा गर्न थालिएको छ ।

अझैं पनि हुनसक्छ सहमति

राष्ट्रियसभाको चुनावका लागि मनोनयन दर्ता भएपनि अन्तिम नाप फिर्ता लिन मिल्ने समयसम्म समेत सहमति जुट्न सक्ने स्थिति भने बाँकी नै देखिन्छ । गगन थापाले यो चुनावमा आफूले स्वामित्व नलिने दाबी गरेपछि कांग्रेसका मतदाताले चुनाव हराउने र र जिताउने खेलमा सक्रिय हुने खतरा रहन्छ ।

जसको प्रत्यक्ष प्रभाव एमालेलाई पर्नेछ । स्थानीय र प्रदेशमा रहेका गगन–विश्व पक्षका मतदाताले घात गर्ने अवस्थामा मात्रै पनि नतिजामा तलमाथि हुने स्थिति बन्ने देखिन्छ । कांग्रेसको आन्तरिक विवाद समेत चर्किएको छ भने विशेष महाधिवेशनको चटारोले चुनावसम्म कांग्रेस एक नरहने अवस्था समेत बन्ने देखिन्छ । स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्ने प्रावधन नै जटिल रहेकाले समेत मतक्रसको खतरा रहन्छ ।

यहि विषयलाई लिएर जोखिम न्यूनिकरण गर्न समेत नेकपालाई फेरि सहमतिमा ल्याउने प्रयास हुनेसक्ने सम्भावना भने जिवितै छ ।

४ सिटको अड्डी

नेकपाले भने ४ सिट पाए सहमतिका निम्ति तयार रहेको भनेको छ । ३ सिट दिएका कांग्रेस एमालेले १ सिटको विषयमा कुरा नमिल्दा गठबन्धन हुन सकेको देखिन्न भने यो चुनावी गठबन्धनमा ठूलो आलोचना शुरु भइसकेको छ ।
वैकल्पिक शक्तिहरुको जोखिमलाई न्यूनिकरण गर्न कांग्रेस एमालेले राष्ट्रियसभादेखि नै तालमेल गरेको र यो प्रतिनिधिसभा चुनावसम्मै जाने स्थिति बन्नसक्छ ।

जुन विषयमा अन्य दलहरुले चुनावी एजेण्डा नै बनाउनेछन् । यस्तो अवस्थालाई मतमा बदल्न समेत नेकपाले रणनीति बनाएको देखिन्छ भने राष्ट्रियसभामा अध्यक्ष आफ्नो दलबाट भएकाले समेत नेकपाले राष्ट्रियसभाको सिटभन्दा यसको प्रभावलाई प्रतिनिधिसभाको चुनावमा मतमा कन्भर्ट गर्ने ध्येय राखेको छ । जुन विषयमा कांग्रेस एमालेलाई यो गठबन्धन घातक बन्नसक्ने विश्लेषण समेत हुन थालेको छ ।

एक्लै जाँदाको अंकगणित

नेकपा राष्ट्रियसभामा एक्लै निर्वाचनमा जाँदा कुनै पनि क्षेत्रमा निर्वाचन जित्ने सम्भावना छैन् । अधिकांश प्रदेशमा कांग्रेस एमालेको दुई तिहाई र प्रष्ट बहुमत देखिन्छ भने मधेशमा पनि मधेसवादी दललाई मिसाइयो तर, जसपाले सहमति नजुटेको भन्दै उम्मेदवारी दिएपछि राजनीति तरङ्गित बन्न पुगेको छ ।

यस्तो स्थितिमा राष्ट्रियसभाको चुनावमा कांग्रेस एमालेको गठबन्धनले क्लिनस्विपको सम्भावनालाई जिवित पारेपनि यसको प्रभाव प्रतिनिधिसभाको चुनावमा पर्ने विश्लेषण भइरहेका छन् ।

जनतामा पुराना दल र प्रवृत्तिलाई लिएर चर्किएको विवाद यो तालमेलले थप चर्काएको छ भने वैकल्पिक शक्तिहरुको उदय हुने डरका कारण कांग्रेस एमाले नजिकिन पुगेका छन् । जुन विषयले उनीहरुको राजनीतिक एजेण्डामा नै प्रश्न र प्रहार बाक्लो बन्ने खतरा बढ्दो देखिन्छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय