नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेताविरुद्ध पोखरा एभेन्जर्सले २४ रनको जित निकालेको छ ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनको योगफल खडा गरेको थियो ।

पोखराका सुमितले सर्वाधिक ५० रन बनाए । अविजित रहेका उनले २९ बलमा दुई चौका र चार छक्का प्रहार गरे ।

पोखराबाट ओपनरद्वय दीनेश खरेल र एडम रोसिङ्टनले पहिलो विकेटका निम्ति ८.३ ओभरमा ६१ रनको साझेदारी गर्दै पोखरालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । दीनेश खरेलले तीन रन बनाए । रोसिङ्टनले १७ बलमा तीन चौकासहित २४ रन थपे ।

जनकपुरका सञ्जय कृष्णमुर्थीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सञ्जयले ५.२५ को इकोनोमीसहित २१ रनमात्र खर्चिए । कप्तान अनिल साह र ललितनारायण राजवंशीको नाममा एक–एक विकेट रह्यो ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय