श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचनको प्रचारमा बालबालिका प्रयोग नगरेको जवाफ दिएका छन् ।

बालबालिका प्रयोग गरेको उजुरीपछि निर्वाचन आयोगले साम्पाङसँग लिखित जवाफ मागेको थियो । जवाफमा साम्पाङले बालबालिका प्रयोग गरेको आरोप गलत भएको पत्र पठाएका छन् ।

‘मैले कुनै अभिभावकलाई भनेर, निर्देशन दिएर बालबालिका ल्याएर बालबालिकालाई कुनैपनि काम अह्राएको छैन, फकाएर वा डरधम्की या प्रलोभनमा पारेर कसैलाई नियतबस प्रचारमा लगाएको छैन,’ साम्पाङले लेखेको पत्रमा भनिएको छ ।

बालबालिका प्रयोगको आरोप गलत भएकाले कार्बाहीको आवश्यकता नरहेको उनले तर्क गरेका छन् । ‘सामाजिक सञ्जालबाट उठाइएका श्रव्य दृष्य (भिडियो) सबै सत्य हुँदैनन् दुद दिने र बदनाम गराउन चाहनेगरी अनेक प्रकारका प्रविधि लगाइ बदनियतबस लगाइएको पनि हुन सक्छ, त्यसैले मलाई या श्रम संस्कृति पार्टीलाई कारबाही गरिनु हुँदैन भन्ने जानकारी निवेदन गर्दछु,’ उनले लेखेका छन् ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय