नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण भोलि (मंसिर १) देखि सुरु हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार अपराह्न ४ बजे सुरु हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई काठमान्डु गोर्खाजले चुनौती दिनेछ ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । लिगका ९ खेल दिउसो र २३ खेल डे–नाइटमा हुने क्यानले जनाएको छ । मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् ।




