प्रतिनिधिसभाको निर्वाचनका लागि सोमबार १२ वटा दलले दर्ताको निवेदन दिएका छन् । निर्वाचन प्रयोजनका लागि नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत दलले दर्ताको निवेदन दिएका हुन् ।
आयोगको राजनीतिक दल महाशाखाका अनुसार, राष्ट्रियसभाको निर्वाचनका लागि तीन दलले दर्ताको निवेदन दिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि आयोगले आजबाट निवेदन लिन थालेको हो ।
त्यस्तै, आयोगले आज एउटा नयाँ दललाई दर्ताको प्रमाणपत्र दिएको छ । राजेश पटेल अध्यक्ष रहेको परिवर्तन दललाई आयोगले दर्ताको प्रमाणपत्र दिएको हो ।




