शेयर धितो कर्जाको सीमा बढाएपछिको दोस्रो कारोबार दिन आइतवार (आज) नेप्से परिसूचक १ दशलमव ८२ प्रतिशत अर्थात् ३५ दशलमव ६७ अंक घटेको छ । यससँगै परिसूचक १ हजार ९२१ दशमलव २४ विन्दुमा झरेको हो ।

गत बिहीवार नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै व्यक्तिगत शेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर १५ करोड रुपैयाँ पुर्याएको छ । यस्तै, संस्थागत लगानीकर्ताका लागि शेयर धितो कर्जाको सीमा पनि बढाएर २० करोड रुपैयाँ पुर्याइएको छ ।

शेयर धितो कर्जाको सीमा बढाउनुपर्ने माग राख्दै आएका लगानीकर्ताहरू यसको सीमा बढे पनि बजारप्रति सकारात्मक बन्न नसक्दा आइतवार बजार घटेको नसकेको जानकार बताउँछन् ।

तर, यो समय लगानीका लागि उपयुक्त मानिएको उनीहरूको भनाइ छ । उनीहरूका अनुसार अहिले बजार घटेका कारण कम्पनीहरूको शेयर मूल्य निकै तल्लो विन्दुमा छ भने लाभांश घोषणाको सिजन पनि चलिरहेको छ ।

आइतवार सेन्सेटिभ इन्डेक्स १ दशलमव ५५ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ८३ र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ६८ प्रतिशत घटेको छ । २८९ धितोपत्रको ५८ लाख १५ हजार १८९ कित्ता शेयर ५९ हजार १७१ पटकमा रू। १ अर्ब ८० करोड बराबरको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये बाराही हाइड्रोपावर पब्लिक कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ५९ प्रतिशत वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू। ५५१ पुगेको हो । त्यस्तै सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को इकाई मूल्य ९ दशमलव ४१ प्रतिशत बढेर रू। ८ दशमलव ५० पुगेको छ ।

आइतवार दुई धितोपत्र मूल्यमा नेगेटिभ सर्किट लागेको छ । हिमालयन लघुवित्त वित्तीय संस्था र गरिमा डिबेञ्चर २०८५ नामक ऋणपत्रको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले घटेको हो । हिमालन लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू। ६८० दशमलव ४० मा झरेको छ ।

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेण्टले ओगटेको छ । कम्पनीको रू। ६ करोड ७३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यस कम्पनीको शेयर मूल्य रू। ५१९ दशमलव ९० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीको रू। ५ करोड ५७ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक २ दशलमव ७५ प्रतिशत घटेको छ । त्यस्तै जीवन बीमा समूहको २ दशमलव २८ प्रतिशत र होटल तथा पर्यटन समूहको परिसूचक २ दशमलव ३५ प्रतिशत घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय