। नेपाल टेलिकमले चैत २९ गतेदेखि ३ महिनाको लागि स्प्रिङ अफर सार्वजनिक गरेको छ । यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको कम्पनीले जनाएको छ । यस अनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक आठ हजार रुपैयाँमा उपलब्ध हुनेछ । पहिलेदेखि नै एफटीटीएच भ्वाइस सेवाप्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक ६ हजार रुपैयाँमा उपलब्ध हुने टेलिकमले जनाएको छ । साथै, कम्पनीले १ वर्षे प्याकेज तथा आइपिटिभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबिपिएस बनाइएको छ ।

त्यसैगरी एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, ३,००० हजार मिनेट कुराकानीगर्न सकिने भ्वाइस सेवार एनटीटीभी सेवाउपलब्ध गराइने छ । यस अलावा विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजीप्याक, पोस्टपेड प्याकलगायतका अन्य प्याकलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ । सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रुपमाप्राप्त डाटा खपतभए पश्चातको डाटा थ्रोटिङ स्पिडमा बढोत्तरी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय