मंसिर १ गते (आज)देखि विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसायहरू राति २ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले तयार पारेको ‘मोरङ जिल्लाको विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड, २०८३’ पारित भएसँगै व्यवसाय सञ्चालनको बाटो खुलेको हो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले उक्त कार्यविधि पारित भइसकेको जानकारी दिए ।

गृह मन्त्रालयको ‘पूर्ण समयमा व्यवसाय सञ्चालन गर्ने सम्बन्धी कार्यविधि, २०७९’ को अधीनमा रही प्रशासनले ल्याएको मापदण्डअनुसार राति १० बजेपछि सञ्चालन हुने व्यवसायलाई रात्रीकालीन व्यवसाय मानिनेछ । राति १० बजेसम्म खुल्ने व्यवसायले छुट्टै अनुमति लिनु नपर्ने भए पनि १२ बजेसम्म खुल्न चाहने किराना, पान, मिठाई, चिया, आइसक्रिम पसल, रेष्टुरेन्ट र खाना–खाजा पसलले मापदण्ड पूरा गरी अनुमति लिनुपर्नेछ । त्यस्तै, लाइभ म्युजिक, पब, डान्स क्लब, डिस्को, लाउन्ज बार, दोहोरी र गजल रेष्टुरेन्ट राति २ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय