जेनजी प्रदर्शनीका बेला आपराधिक समूहले देशको प्रशासकीय केन्द्र सिंहदरबारदेखि संसद् र सर्वोच्च अदालतसम्म जलाए । भदौ २४ को दर्शनमा यीबाहेक प्रदर्शनकारीले ललितपुर सैँबुस्थित मन्त्री क्वार्टर तथा शीतल निवास राष्ट्रपति भवनसम्म खरानी पारे ।

प्रहरीले महत्वपूर्ण कार्यालयबाहेक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही अन्य शीर्ष नेताहरूका जलेका घरको खरानीको समेत परीक्षण गरिरहेको छ ।

प्रहरी उच्च अधिकारीका अनुसार, उनीहरूका घरमा आगो लगाउँदा पनि कुनै रसायन प्रयोग भएको र स्रोत नखुलेको रकमसमेत जलेको आशंकाका कारण खरानी परीक्षण हुन लागेको हो ।

एक प्रहरी अधिकारीका अनुसार, उनीहरूको घरको खरानीबारे प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको टोलीले अनुसन्धान गरिरहेको छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय