सिरहाको नवराजपुर गाउँपालिका वडा नं. ३ का युवा नेता रामसुरेश यादवले सूचनाकाे हक प्रयोग गरेर वडा नं. ३ का वडा अध्यक्षसँग लिखित जवाफ माग गरेका छन् ।

नवराजपुर गाउँपालिकाद्वारा आ.व. २०७९/८० मा ज्येष्ठ नागरिकलाई वितरण गर्नुपर्ने सरकारी कम्बल वडा अध्यक्ष बंशिलाल यादवलगायत वडा सदस्यहरुले आन्तरिक बैठक बसेर गोप्यरूपमा केही कम्बल वितरण गरेको र बाँकी आफैंले राखेको आरोप छ । नवराजपुर गाउँपालिका वडा नं. ३ का पदाधिकारीले सरकारी सामग्री वितरणमा परिवार,नाता तथा पार्टी कार्यकर्ताहरूलाई वितरण गरेको आराेप युवा नेता यादवको छ ।

कम्बल नपाएका पीडितहरुले वडा अध्यक्षबाट पीडित भएको भन्दै सहयोग माग्न नेता यादवसमक्ष पुगेका थिए । स्थानीय तहको चुनाव २०७९ मा जनमत पार्टीबाट वडा अध्यक्ष पदको प्रत्याशी उम्मेदवार यादव वडावासीको लोकप्रिय युवा नेता समेत हुन् ।

पीडितहरुले गुनासो राखेपछि नेता यादवले सूचनाको हक प्रयोग गरेर हालका निमित्त वडा अध्यक्षसँग सोबारे लिखित जवाफ माग गरेका छन् । विवरण उपलब्ध गराउन निमित्त वडा अध्यक्षले १० दिनको समय लिएका छन् ।

नेता यादवले सूचनाको हकबाट कसैलाई पनि बन्देज लगाउन नपाइने बताए । साथै वडावासीहरूको साथ र सहयोगले सूचनाको हक प्रयोग गरेर लिखित विवरणसहित जवाफ माग गरेको बताए । नियमअनुसार विवरण उपलब्ध नगराएमा कानूनी उपचार खोज्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय