नेपालीहरुका प्रमुख चाडपर्व दसैँ-तिहार-छठ सुरु हुनै लागेका छन् । बजारमा चिनी, चामल लगायतका खाद्यय सामग्रीको अभाव सिजर्ना हुन थालेको छ । महँगीले आकाश छोएको छ । जनताको भान्सा नबल्ने स्थिती पैदा भएको छ । तर, सरकार भने भारतसँग संवाद गर्ने कोसिस गरेको झाराटार जवाफ दिएर हाइसुखले बसेको देखिन्छ ।

हिन्दु धर्मावलम्विहरुका प्रमुख चाडपर्वहरु दसैँ-तिहार नजिकिँदै छन् । यस समय खाद्यन्नदेखि लत्ताकपडाको उच्च खपत हुने गर्छ । त्यसैले पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पहाडी जिल्लाहरुमा चामल लगायतका अत्तिआवश्यक खाद्य सामग्री पठाउन सुरु गरिसेको छ । अहिले दुर्गम जिल्लाहरुमा १४ हजार मेट्रिकटन र सुगम जिल्लाहरुमा २५ हजार मेट्रिकटन चामल रहेको कम्पनिले जनाएको छ । देशैभरका गोदाममा १ लाख ३० हजार टन खाद्यन्न मौज्दात रहेको छ भने ६० हजार टन आउने क्रममा छ । जसकारण, दसैं–तिहार–छठमा कुनै पनि किसिमको अभाव सिजर्ना नहुने कम्पनिका प्रवक्ता शर्मिला न्यौपाने बताउँछिन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले कुनैपनि किसिमको अभाव नहुने दाबी गरिरहँदा अहिले नै काठमाडौंमा नै चिनीको चरम अभाव सिजर्ना भएको छ । खुद्रा पसल, होलसेल मार्केट तथा मार्टहरुमा बल्लतल्ल चिनी पाइन्छ । जसकारण पछिल्ला दुई सातामा चिनीको मूय ५० रुपैयाँसम्म बढेको छ । चिनी वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्ना ग्राहकहरुलाई २ केजीको एक पोका मात्रै चिनी दिन थालेको एक साता भन्दा बढी भईसकेको छ ।

नेपालमा दशैं–तिहार लगायतको चाडपर्वको ३ महिनामा मासिक करिब ३० हजार टनसम्म चिनी खपत हुने गरेको छ भने अन्य ९ महिनामा २० हजारसम्म चिनी खपत हुने गरेको छ । तर, अहिले नेपालमा खुल्ला बजारबाट चिनी आयात गरिरहेको अवस्था छ । जसकारण पनि बजारमा मुल्यवृद्धि र अभाव सिर्जना भएको हो । बजारमा भएको यो मूल्यवृद्धि र अभावमा सरकारको कमजोरी भएको उपभोक्ता अधिकारकर्मीहरुको भनाई छ ।

अहिले भारतले चामल, चिनी लगायतका वस्तुमा विविध किसिमका कारणसहित निर्यातमा प्रतिबन्ध लगाईराखेको छ । जसले गर्दा बजारमा अभाव र महँगी सिर्जना भएको हो । तर, मुल्यवृद्धिप्रति बजार अनुगमन गर्ने संयन्त्रनै बेखबर जस्तो बनिदिएको छ ।

उपभोक्तालाई कालोबजारी गर्नेहरुले मारमा पारिरहेका छन् । तर, सरकार भने अभाव नहुने, मूल्यवृद्धि नहुने भन्दै भाषणबाजीमा व्यस्त छ ।
सरकारले सधैं जस्तो आफूले दसै–तिहार–छठ लक्षित चाडपर्वका लागि बजार अनुगमन गर्ने बताउँदै आएको भएपनि उपभोक्ताहरुले यसको लाभ लिन पाएका छैनन् । प्रमुख चाडपर्वका बेला हुने महँगी र अभाव सधैं झै यस वर्षपनि झेल्नु परिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय