लाोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) राैतहटले मधेस आन्दोलनले स्थापित गरेका मान्यतालाई संरक्षण गर्न माग गर्दै गाैर नगरपालिकाका प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । लोसमा रौतहटका अध्यक्ष लिलाप्रसाद साहको नेतृत्व टोलीले गौर नगरपालिकाका प्रमुख शम्भु साहलाई ज्ञापन पत्र बुझाएको हो ।

 

मधेस क्रान्ति चाोकले परिचित स्थानमा नगरपालिकाले निर्माण गर्न लागेको घण्टाघर तथा बीपी कोइरालाको शालिक राखिने स्थान वरपर मधेस आन्दोलनमा राैतहटबाट शहीद हुनेको शालिक राख्नुपर्ने लोसपाको माग रहेको छ ।

 

मधेस क्रान्ति चोकमा घण्टाघर बनाउने नगरपालिकाको निर्णय मधेस आन्दोलनको मर्म, भावना र चाहना विपरीत रहेको बताउँदै लोसपाले यसले शहीदको बलिदानको अपमान भएको बताएको छ । लोसपाले तत्कालिन अवस्थाप्रति गम्भीर भई निर्णयमा पुनर्विचार गर्न ज्ञापन पत्रमार्फत अनुराध पनि गरेको छ ।

 

गाैर नगरपालिकाका प्रमुख साहले ज्ञापन पत्र बुझ्दै लोसपाले गरेको माग सम्बन्धित पक्षसँग छलफल गरी सम्बोधन गर्ने आश्वासन दिए । ऐतिहासिक मधेस आन्दोलनको मान्यतासँग जाेडिएर ज्ञापन पत्रमार्फत गरिएको माग जायज रहेको नगरप्रमुख साहले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय