
इस्लाम धर्मावलम्वीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गर्दै आज ‘इदउत्रफित्र’मनाउँदै छन् । मुस्लिम समुदायमा ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ ।
मुस्लिमहरूले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन् ।
नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।
यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरू ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।
यस्तै, सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद-उल फित्र(ईद)को अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी आज बिदा दिएको हो ।
सरकारले हरेक वर्षको ईद-उल फित्र(ईद)का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।