मतदाता नाम संकलनमा भिडभाड हुँदा दुई समूह विच भिडन्त।
नरेन्द्र महताे- गाैशाला – महाेत्तरी – मंसिर २१
सरकारकाे नियम कानुनकाे धज्जिया उडाउँदै सम्सी गाउँपालिकाकाे नयाँ कर्तुत बाहिर अाएकाे छ। विवादै विवादमा रहेकाे यसपालिकामा जनतालाई ठुलाे सास्ति वेहाेर्नु परेकाे छ। निर्वाचन कार्यालयको सुचना अनुसार स्थानिय तहको प्रत्येक वाडा कार्यालयमा गएर नामाबली संकलन गर्ने निर्णय भए तापनी यस पालिकामा गाउँपालिका कार्यालयमै नियम बिपरित मतदाता नामाबली संकलन गरिरहेको छ।
यस क्षेत्रका जनता बढी कृषीमा निर्भर रहेको छ र अहिले को समय धान काटेर घरमा भित्राउने समय रहेको छ, यस्तो समयमा पालिकामा गएर नामाबली समाबेस गर्न धेरै अफ्ठ्यारो भइरहेको जनताहरुले गुनासो गरेका छ्न।
गाउँपालिका कार्यालयले सुचना निकाले पनि अहिले सम्म कुनै पनि वाडा कार्यालयमा नगएको कुरा स्थानिय परवेजले बताएका छ्न। उहाँहको अनुसार पालिका कार्यालयमा पनि जनताहरु पुग्ने गरेको छ तर ठाउँ र कर्मचारीको अभावका कारण मानिसहरुलाई सास्ति वेहाेर्नु परेको छ।
वाडा स्तरमा मतदाता नामाबलि संकलन गर्न नगएको कारण जनताहरु गाउँपलिका कार्यालयमै पुगेर नामाबलीमा नाम समाबेस गराउने गरिएको छ। बढी भिड भाड भएको कारण सोमबार दुई समूह बिच भिडन्त समेत भएको कुरा स्थानियहरुले बताए।
पटक पटक स्थानियहरुले गाउँपालिका प्रमुख शेख फारुकलाई सम्मपर्क गरे पनि उहाँ जनता प्रति वफादार नभएर काठमाडाैमा कर्मचारी सरुवामा लागेका एक सेवा ग्राहिले बताए ।