
आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै।
श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः
महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।।
महादेवको प्रिय महागौरीको स्वरुप अनुपम रहेको छ महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गोरो रहेको छ।
महागौरीको पूजाआराधनाले मनुष्यमा रहेको अनेक दोष हट्ने पूर्वजन्ममा गरेका पापसमेत नाश हुने विश्वास रहेको छ महागौरीको भक्तिले अलौकिक सिद्धि प्राप्त हुने जनविश्वास छ
नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।