वसन्तपुरमा ‘जीवित देवी कुमारीको सामूहिक पूजा।
२३ भदौ, काठमाडौं।
हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार ‘जीवित देवी’को रुपमा पुजिने कुमारीको सामूहिक पूजा गरिएको छ इन्द्रजात्रा पर्वअनुसार लिंगो ठड्याएको भोलिपल्ल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ ।
जसअनुसार बुधबार वसन्तपुरमा इन्द्रजात्राको लिंगो ठड्याइएको थियो भने बिहीबार वसन्तपुरमै ५४ जना कुमारीको पूजा गरिएको हो । यस वर्ष इन्द्रजात्राको अन्तिम दिन शुक्रबार परेको छ यसदिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।




