पूर्वमन्त्री रेणु यादवद्वारा जसपा परित्याग।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ एवं पूर्वमन्त्री रेणुकुमारी यादवले पार्टी पार्टी परित्याग गरेकी छिन्। मन्त्री यादवले बिहीबार एक विज्ञप्ती जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्
जसपाकी संस्थापक नेतृ यादवले व्यक्तिगत कारणले पदीय जिम्मेवारीमा रहन नसक्ने भन्दै सबै जिम्मेवारी परित्याग गरेको विज्ञप्तिमार्फत जनाएकी छन्।
यादव आफूलाई सरकारबाट फिर्ता बोलाएकोमा उपेन्द्र यादवसँग असन्तुष्ट थिइन्। उपेन्द्रसँग घनिष्ठ सम्बन्ध रहे पनि उनले पार्टीभित्र आफूमाथि अन्याय भएको बताउँदै आएकी थिइन्।