रोड टु युएफसी फाइनलमा  नेपाली फाइटर रवीन्द्र ढाँटले नेपालको हालको अवस्था गाह्रो रहेको र सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

शुक्रबार खेलपछि कुरा गर्दै उनले सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका हुन् ।

अहिले नेपालमा धेरै नै गाह्रो अवस्था भइराखेको छ बाढीहरुले गर्दाखेरि । कृपया आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुहोला’ उनले भने ।

न्युजिल्यान्डका फाइटर कासिब मर्डाेकलाई हराएर फाइनल पुगेका ढाँटले अब योर ताजिमासँग फाइनलमा खेल्नेछन् ।

ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनल पुगेका थिए ।

फाइनल जित्ने फाइटर युएफसीका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय