प्रतिनिधिसभा निर्वाचन नजिकिएका बेला उत्तरी हुम्लाको सडक सम्पर्क टुटेको छ ।

लगातार हिमपात भएपछि सडक अवरुद्ध भएका छन् । तत्कालै सडक खुल्न अवस्था नभएको स्थानीवासी बताउँछन् ।

नाम्खा गाउँपालिका-५ को नारा लेक र नाम्खा गाउँपालिका-६ को न्यालु लेकमा अत्यधिक हिउँ जमेकोले सडक पूर्णरुपमा बन्द छ । नाम्खाका लिमी, तिल, जाङ, हल्जी गाउँका अधिकाश मतदाताहरू भने जिल्ला बाहिर नै रहेका छन् ।

हिल्सा नाकामा तापक्रम माइनस २२ डिग्री सेल्सियससम्म झरेको छ । जसका कारण जाडो बढेको हिल्सास्थित  सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)ले जनाएको छ ।

हिमपातले ८ र ९ नम्बर  पिलरसम्म अनुगमन  जानसमेत अप्ठेरो भएको बीओपी हिल्साका इन्चार्ज कृष्ण दाहालले बताए ।

नारा लेकमा तीनदेखि चार फिट हिउँ जमेको इन्चार्ज दाहालले बताए । नाम्खा गाउँपालिका-६ लिमीका ६७२ मतदाता भएका तीनवटा मतदानस्थलका अधिकाश मतदाताहरू काठमाडौं, दिल्ली, भारतलगायतका ठाउँमा गएकोले मतदान प्रभावित हुनसक्ने नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

तामाङले निर्वाचन नजिकिएकोले सरकारले नारा र न्यालु लेकको हिउँ पन्छाउन पहल गर्नुपर्न माग गरे ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय