आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । आयोगले मतदान केन्द्र, मतदान स्थलहरूको टुंगो लगाइसकेको छ

निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रको मतदाताको संख्या पनि टुंगो लागिसकेको छ ।

हरेक गाउँमा निर्वाचन गतिविधि बढिरहँदा हुम्लाको लिमीको जाङ गाउँ भने सुनसान छ । उत्तरी हुम्लाको नाम्खा गाउँपालिका-६ को लिमिको जाङ गाउँ अहिले रित्तै छ । १० वर्षअघि ६७ घरधुरी रहेको जाङ गाउँ अहिले भने खाली छ ।

तीन वटा मतदान स्थल रहेकाे लिमि जाँङ गाउँकाे भृकुटी आधारभुत विद्यालयकाे मतदान स्थलमा २४७ मतदाता संख्या रहेको तथ्यांक छ । तर, मतदाता गाउँमा छैनन् । यता नाम्खा गाउँपालिका-६ को हल्जी पनि अहिले सुनसान छ । हिमपात नहुँदा गाउँका केही घरमा मान्छे बस्ने भए पनि अहिले चिसो झल्न गाउँ छोडिसकेका छन् ।

यहाँको सुनखानी आधारभूत विद्यालयको हल्जी मतदान स्थलमा २९३ जना मतदाता भए पनि अधिकांश काठमाडौं, भारतका विभिन्न सहर गएका छन् ।

त्यस्तै तिलमामा रहेको हिमशिखर आधारभूत विद्यालय मतदान स्थलमा मतदान गर्नेको सूची १३२ छ । तर अधिकांश चीनकाे ताक्लाकाेट, काठमाडौं, भारतको दिल्लीलगयातका सहरमा छन्।

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले कति मतदाता हुँदा मतदान गर्ने/नगर्ने भन्नेबारे कानुनमा उल्लेख नभएको बताए ।

‘हामी निर्वाचन गराउने भनेर तयारी अवस्थामै छौं । कानुनमा मतदान स्थलमा कति मतदाता हुँदा मतदान गराउने/नगराउने भन्ने उल्लेख छैन,’ उनले अनलाइनखबरसँग भने, ‘यसबारे गृहमन्त्रालय र निर्वाचन आयोगलाई पटक-पटक जानकारी गराइसकेका छौं । माथिबाट केही निर्देशनात्मक कुरा आउला त्यसैअनुसार गरौँला भनेर बसेका छौं ।’

उनले उत्तरी क्षेत्रका केही गाउँमा अहिले केही मान्छे बसिरहेको भए पनि ती ठाउँमा जान-आउन सक्ने अवस्था नभएको बताए ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय