काठमाडौं महानगर र बन्चरेडाँडाका स्थानीयबीच १८ बुँदे सहमती, आजदेखि फोहोर उठ्ने।
२७ जेठ, काठमाडौं।
काठमाडौं महानगरको फोहोर व्यवस्थापनबारे गएराती काठमाडौं महानगर र बन्चरेडाँडा क्षेत्रका स्थानीय जनप्रतिनिधिबीच सहमती भएको छ। गएराती १ बजे १८ बुँदे सहमति भएको हो । सहमतिपछि आजदेखि फोहोर उठ्ने छ। स्थानीयको अवरोध हट्ने छ। स्थानीय जनप्रतिनिधि र महानगरबीच रातीमा मात्रै फोहोर उठाउने गरि सहमति भएको छ।
मध्यराती महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, ककनी गाउँपालिका-१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा २ का वडाध्यक्ष तिलकबहादुर लामा, धुनिवेंसी गाउँपालिका-१ वडाध्यक्ष मानबहादुर तामाङ र ३ का वडाध्यक्ष प्रकाश हमालले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय