नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूले पुस २६ देखि २८ सम्म काठमाडौंमा विशेष महाधिवेशन गर्ने तयारी गरेपछि सभापति शेरबहादुर देउवाले स्थापन पक्षका नेताहरूसँग छलफल थालेका छन् ।

विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने र विभाजनसम्मको स्थितिमा पुर्‍याउने भन्दै त्यसलाई रोक्न देउवाले छलफल थालेका हुन् ।

सोहीअनुसार देउवाले आज बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग संवाद गरेका छन् ।​

देउवाले महाराजगञ्जस्थित निवासमा बोलाएर कार्यवाहक सभापतिसँग काउन्टर मुभबारे छलफल गरेका स्रोतले बतायो ।

यही पुस २६ देखि २८ सम्म तोकिएको १५ औं महाधिवेशन नहुने भएपश्चात महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन बोलाउने तयारीमा जुटेका छन् ।

हल खोज्ने, विधानमा काम गर्नेलगायत आवश्यक तयारीमा उनीहरू जुटेपछि त्यसलाई रोक्न संस्थापन पक्षले छलफल थालेको हो ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय