नियम कानुनको धज्जि उडाएको भन्दै मेयर सरावगीको चौतर्फी आलोचना।

०५ वैशाख, बारा ।  अमरेस कुमार पाण्डेय

नियम कानुनको पालना मात्र सर्वसधारणको लागी रहेको बारे एक घटनाले प्रमाणित गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा वीरगंज महानगरपालिका भित्र नेकपा एमालेका नेता तथा वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले नियम कानुनको उल्लन्घन गरि कानुन पालना नगरी कानुनको धज्जि उडाएको भन्दै चौतर्फी आलोचना सुरु भएको हो ।

 

बिभिन्न समाजिक संजालमा मेयर बिजय कुमार सरावगीले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार भई घरदैलो कार्यक्रममा निस्केको देखिन्छ तर न त चालक नै हेल्मेटको प्रयोग गरेका छन् न त मेयरले नै । यति मात्र होइन मेयर सरावगीको चालक बनेका व्यक्तिले हेलमेट लगाउन आवश्यकता नै देखेनन । कारण हो, मेयरको पावर र पार्टीको दम्भ । यस बिषयमा बिभिन्न संचार माध्यमका साथ साथै समाजिक संजालमा मेयरले गल्ती गरेको विरुद्ध छयाछयाप्ती बिरोध जनाइएको छ । आफ्नो सत्ताको बल प्रयोग गर्दै नियम कानुनको धज्जि उडाउने मेयर बिजय सरावगीको चौतर्फी आलोचना भइरहेको छ । तर मेयर सरावगी यस बिषयमा केही भन्न अथवा कुनै प्रतिक्रिया नै दिन चाहेका छैनन् ।

यता वीरगंज महानगरपालिकाको नगर प्रमुख बिजय सरावगीले दिनहु महानगर भित्र ट्राफिक नियमको पालना गर्ने प्रचारवाजीका साथै ट्राफिक प्रहरीद्वारा सर्वसधारणहरुलाई मात्र दुख दिने गरेको स्थानीयले आरोप लगाउन थालेका छन । वीरगंज महानगरपालिका वडा नम्बर १३ का स्थानीयवासीका अनुसार ट्राफिक प्रहरी नियम मात्र सर्वसधारण माथि लाग्ने गरेको तर मेयर माथि कुनै किसिमको नियम नलाग्ने गरेको समाजिक संजालमा राखिएको तस्बिरले प्रष्ट पारिरहेको दुखेसो पोखे । समाजिक संजालमा भाइरल हुदै यि दुई तस्बिरका कारण मेयरको दवंगैको बिषयमा चौतर्फी आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय