सर्लाही: ५ दिनदेखि हराइरहेका बालकको शव छिमेकीको सेफ्टी ट्यांकीमा भेटियो।

२४ चैत्र, सर्लाही।

सर्लाहीको मलंगवामा सेफ्टी ट्यांकीभित्र आज (बिहीबार) बिहान १० वर्षीय बालकको शव भेटिएको छ।

उक्त शव मलंगवा नगरपालिका–१२ गम्हरियाका आकाश ठाकुरको रहेको प्रहरीले जनाएको छ। ती बालक पाँच दिनदेखि हराइरहेका थिए। छिमेकी जगदीश ठाकुरको शौचालयको सेफ्टी ट्यांकीमा बोराभित्र बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बालकको हत्या गरी शव बोरामा हालेर सेफ्टी ट्यांकीभित्र फालिएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

चैत २० गते गाउँतिर भोज खान जाँदा हराएका आकाश घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थियो। प्रहरीले छिमेकी सहित ७ जनालाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
204
+1
1
+1
0
+1
105
+1
1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय