
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै पनि कुराले नरोक्ने दाबी गरेका छन् ।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा केहीले पनि उनीहरूलाई राजनीतिमा आउन नरोक्ने जिकिर गरे ।
‘संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा कुनैले पनि रोक्दैन । उहाँहरू राजनीतिमा आउने इच्छा भयो भने रोक्ने कुनै पनि कुरा छैन,’ प्रचण्डले भने, ‘उपरराष्ट्रपतिजी म पार्टीको सिपाहीकै रुपमा काम गर्न चाहन्छु भनिसकेपछि केही कुराले रोक्दैन । मुख्य कुरा गणतन्त्र राम्रो हुनुपर्यो ।’
साथै, उनले राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै जोगाएर गणतन्त्र नजोगिने जिकिर गरे ।
‘राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै बचाएर गणतन्त्र बच्ने होइन । यो नामले बच्ने होइन । कामले बच्ने हो,’ प्रचण्डले भने।
साथै, उनले अहिले नै गणतन्त्रमाथि गम्भीर खतरा आयो भनेर सोच्न जरुरी नरहेको र गणतन्त्रमाथि कुनै खतरा नरहेको बताए ।
‘अहिले नै गणतन्त्रप्रति खतरा आयो भनेर सोच्न पनि जरुरी छैन । अहिलेद लहरू गणतन्त्रको रक्षाका लागि एक हुनुपर्ने नत्र खतरामा पर्छ भन्ने भाष्य ठिकै छ,’ प्रचण्डले भनेका छन् ।
त्यस्तै प्रचण्डले ठूलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा सरकार बने आफुहरुको समर्थन रहेपनि भ्रष्टाचारको मुद्दामा भने कुनै समर्थन नहुने स्पष्ट पारे ।