राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबारको प्रदर्शन शान्त हुने बताएका छन् ।

उनले यो प्रदर्शनमा सीमित नेताहरू मात्रै सहभागी हुने पनि जनाएका छन् । राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको  छ। सोही विषयलाई लक्षित गर्दै लिङ्देनले सामाजिक सञ्जालमार्फत् टिप्पणी सार्वजनिक गरेका हुन् ।

‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर, जनतालाई यति मात्र बोल, यो-यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं’, लिङ्देनले लेखेका छन् ।

वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी रहेको पनि उनको भनाइ छ । ‘हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ’, लिङ्देनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय