प्रधानमन्त्री केपी शर्मा ओलीले देशको मुहार फेर्न र राम्रो कामको नेतृत्व गर्न प्रधानमन्त्री बनेको बताएका छन् । सरकार बन्नकै लागि नभई जनताको कुरा सुन्नका लागि बनेको र आफूले नेतृत्व गरेको उनले बताए ।

कोशी प्रदेश सभा बैठकलाई मंगलबार विराटनगरमा सम्बोधन गर्दै ओलीले जनताको पक्षमा काम गर्नुबाहेक आफ्नो अरू उद्देश्य नभएको बताए ।

‘अहिलेको सरकारका लागि चर्को स्वर चाहिँदैन । जनताका कुरा नसुन्ने सरकार होइन । जनताको कुरा सुन्नका लागि यो सरकार बनेको हो । सरकार बन्नकै लागि किन सरकार बन्नुपर्‍यो ?’ ओलीले भने, ‘प्रधानमन्त्रीको हैसियतले कतिपल्ट अपरेसन, गरेर २ पल्ट किड्नी ट्रान्सप्लान्ट गरेर बाँचेको मान्छे हो र कतिपल्ट अपर्झट बिरामी परेर बाँचेको मान्छे हो ।’

दुःख पाएको पृष्ठभूमिबाट आएको मान्छे भएकाले राम्रो कामको नेतृत्व गर्न प्रधानमन्त्री बनेको दाबी उनले गरे ।

‘भर्खर १०१ वर्षको प्रोफेसरलाई चिफ गेस्ट बनाएर आएको छु । उहाँका अगाडि म बुढो भएँ भन्न मिलेन । म भर्खर ७४ मा लागें । तर, यति दुःख पाएको पृष्ठभूमिबाट आएकाले किन रातदिन काम गर्नुपर्‍यो ? देशको मुहार फेर्नका लागि, राम्रो कामको नेतृत्व गर्नका लागि यो सबै गरेको हो,’ ओलीले भने, ‘कसैसँग वादविवादमा अल्झिन मन छैन । खाली जनताका कुरा सुन्ने, जनताका आकांक्षा पूरा गर्ने ।’

ओलीले कोशी प्रदेशको विकास र समृद्धिका लागि सहयोग गर्न केन्द्र सरकार तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय