Rabiराष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका हुन् ।
यस सहकारीको ३१९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना भएको भन्दै ८ असोजमा जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो ।
यस्तै काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा पनि अनुसन्धान अगाडी बढेको छ। छविलाई काठमाडौं ल्याएर प्रहरीले बयान गराइरहेको छ। यसपछि रविलाई ल्याउने प्रहरीको तयारी छ।
यी ३ सहकारीपछि चितवनको सहारा र त्यसपछि वीरगन्जको साना पाइला सहकारीमा पनि उनीहरुमाथि अनुसन्धान हुने भएको छ।