भोली प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने।
१२ माघ २०७८, काठमाडौं।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार यसको लागि प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई भोलि अपरान्ह ४ बजे बालुवाटार बोलाएको बालुवाटार स्रोतले जनाएको छ । पछिल्लो समय स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आयोगले मागिरहेको छ । तर, प्रधानमन्त्री देउवा भने गठबन्धन दलहरुको दबाबका कारण बैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने केहि महिना पर सार्ने तयारी गरेका छन् । उनले सुरुमा संघीय संसद्को निर्वाचन गराउन चाहेको कुरा बाहिर आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय